राष्ट्रिय शिक्षा दिवस : एउटै मञ्चमा विद्यालय,शिक्षक र विद्यार्थी पुरस्कृत

राष्ट्रिय शिक्षा दिवस : एउटै मञ्चमा विद्यालय,शिक्षक र विद्यार्थी पुरस्कृत

 चितवन , २२ भदौं

पूर्वी चितवनको कालिका नगरपालिकाले उत्कृष्ट शिक्षक,कर्मचारी तथा विद्यालयहरुलाई आइतवार सम्मान तथा पुरस्कृत गरेको छ । ४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तराष्ट्रिय साक्षरता दिवसको अबसरमा शिक्षाको गुणस्तर सुधारमा योगदान दिएका शिक्षक र उत्कृष्ट अंक ल्याएका लगलशिल विद्यार्थीहरुलाई नगरपालिकाले पुरस्कृत गरेको हो ।

सो नगरपालिकाले सामुदायिक विद्यालय तर्फ १० जना शिक्षक र ४ जना विद्यार्थी,,संस्थागत विद्यालय तर्फ १० जना शिक्षक र ४ जना विद्यार्थीलाई उत्कृष्ट घोषणा गर्दै पुरस्कृत गरिएको हो । सो नगरपालिकाले उत्कृष्ट विद्यालयको रुपमा सामुदायिक तर्फ जमुनापुर मावि र भीमोदय मावि तथा संस्थागत विद्यालय तर्फ सिद्धि विनायक सेकेण्डरी स्कुललाई पुरस्कृत गरेको छ । कार्यक्रममा मेयर खुमनारायण श्रेष्ठले शिक्षक,विद्यार्थी र विद्यालयलाई नगद सहित सम्मान पत्रले सम्मान तथा पुरस्कृत गरेका थिए । सो अबसरमा मेयर श्रेष्ठले नगरको शिक्षा सुधारका लागि जिम्मेवार बन्न शिक्षकहरुलाई आग्रह गरे । भौगोलिक विकटताका कारणले नगरको शिक्षाको विकासमा केही बाधा रहेको भन्दै मेयर श्रेष्ठले यसलाई चिर्दैे अगाडि बढ्नु पर्ने बताए ।

शिक्षाको विकासको लागि नगरपालिकाले आवश्यक लगानी गर्छ मेयर श्रेष्ठले भने शिक्षक र विद्यार्थीले मिहिनेत गर्नुपर्छ । उनले सामुदायिक विद्यालयमा देखिएका दरबन्दी मिलान,प्रधानाध्यापक व्यवस्थापन र विद्यालय समायोजनको विषयलाई प्राथमिकता दिएर काम गर्ने बताए । दरबन्दी अभाव रहेको ठाउँमा दरबन्दी आउछ,प्रधानाध्यापक मिलाउने विषय सामान्य हो मेयर श्रेष्ठले भने तपाई शिक्षकहरु जिम्मेवार भएर काम गर्नुहोस,समस्या सामधान हुन्छ । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरी,सामाजिक विकास समितिका संयोजक विनोद रेग्मी,वडाध्यक्षहरु टीकाराज रिजाल,कृष्णकुमार श्रेष्ठ,नगर शिक्षा समितिका सदस्य डा.हरि प्रसाद कँडेल,पूर्ण पुरी,नेपाल शिक्षक महासंघ नगर अध्यक्ष जीत बहादुर भट्टराई लगायतले मन्तव्य राखेका थिए ।

त्यस्तै रत्ननगर नगरपालिकाले नगर भित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा उत्कृष्ट शिक्षक तथा विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ । शिक्षाको गुणस्तर सुधारमा योगदान दिएका शिक्षक र उत्कृष्ट अंक ल्याएका लगलशिल विद्यार्थीहरुलाई नगरपालिकाले पुरस्कृत गरेको हो । साथै नगर भित्रका दुई उत्कृष्ट विद्यालयलाई सम्मान गरिएको छ ।

सो नगरपालिकाले सामुदायिक विद्यालय तर्फ उत्कृष्ट शिक्षकको रुपमा बैरिया माविकी पार्वती खतिवडा,जनजागृती माविका शिक्षक सन्तोष खनाल,पञ्चकन्या माविका शिक्षक अनिता पौडेल र संस्थागत विद्यालय तर्फ पञ्चकन्या विद्या मन्दिरका शिक्षक सिर्जना श्रेष्ठ,नर्थ पोइण्ट एकाडेमीका शिक्षक अशोक अर्याललाई पुरस्कृत गरेको छ । विद्यालयमा कर्मचारीको रुपमा उत्कृष्ट काम गरेको भन्दै नगरपालिकाले अनिषा महतोलाई पुरस्कृत गरेको छ । नगरपालिकाले सामुदायिक तर्फ जनजागृती मावि र संस्थागत तर्फ एकता शिशु निकेतनलाई उत्कृष्ट विद्यालयको रुपमा सम्मान गरेको छ । नगरपालिकाले एसईई परीक्षामा चार जिपीए अंक ल्याउने एञ्जल्र्स वल्र्ड स्कुलका होमनाथ पौडेल र सजेस रेग्मी,एकता शिशु निकेतनका आशिष पौडेल र स्काइराईडर आमाविका विश्वास पौडेल र हिमाल रानाभाटलाई पुरस्कृत गरेको छ । सामुदायिक विद्यालय तर्फ एईई परीक्षामा उत्कृष्टक अंक ल्याउने नेपाल माविका विज्ञा दुवाडी,जनजागृती माविका सुजिता रिजाल,समिर ढकाल,सिजन पन्तलाई पुरस्कृत गरिएको हो । त्यसैगरी श्रीराम बैदिक गुरुकुलमका कविराज जोशी,शुसान्त पाण्डे,प्राविधिक धार तर्फ उत्कृष्ट अंक ल्याउने नेपाल माविका अभिषेक सुवेदीलाई पुरस्कृत गरिएको नगरपालिकाका शिक्षा शाखाका अधिकृत राजेन्द्र बरालले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा साँसद कन्चन खनाल,मेयर नारायण वन र उपमेयर विमला दुवाडीले उत्कृष्ट शिक्षक,विद्यार्थी र विद्यालयलाई नगद सहित सम्मान पत्रले पुरस्कृत तथा सम्मान गरेका थिए । कार्यक्रममा सामुदायिक विद्यालयका समस्याका बारेमा अन्र्त्क्रिया समेत गरिएको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत टुवराज पोखरेल,सामाजिक विकास समितिका संयोजक केशव आचार्य,वडा नं २ का वडाध्क्ष तिलकराज शर्मा,शिक्षा समितिका सदस्य विष्णु पौडेल,मदन पुरी,शिक्षक महासंघ रत्ननगरका अध्यक्ष विक्रम बहादुर अधिकारी,रत्ननगर प्याब्सनका सचिव वालहरि देवकोटा लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम मेयर नारायण वनको अध्यक्षतामा भएको कार्यक्रममा प्रबक्ता राजेन्द्र हमालले सहजीकरण गरेका थिए ।