खैरहनीमा सोमबार समेत पसल खुल्ने

खैरहनीमा सोमबार समेत पसल खुल्ने

चितवन , २२ भदौँ

पूर्वीचितवनको खैरहनी स्थित पर्सा बजार  सोमबार समेत खुल्ने भएको छ । हरेका साताको सोमबार बन्द हुनै आएको बजार भोलीबाट चाडबाडको अवधिभर सोमबार समेत खुल्ने भएको हो ।

नेपालीहरुको महान चाड जितिया , दशै , तिहार , छठ लगायतको चाडपर्व नजिकिएसँगै सोमबार समेत बजार खुल्ने भएको उद्योग वाणिज्य संघ खैरहनीका महासचिव कुमार खनालले जानकारी दिए । उद्योग वाणिज्य संघ खैरहनीमा आबद्ध व्यवसायीहरुले सोमबार बजार बन्द गर्दै आएका थिए । मुख्य चाडपर्व सकिएसँगै कार्तिकको तेस्रो सोमबारबाट बजार पुन प्रत्येक सोमबार बन्द गरिने खनालले बताए ।