चितवनमा बस दुर्घटना, ३८ जना घाइते

चितवनमा बस दुर्घटना, ३८ जना घाइते

चितवन , २२ असोज ।
चितवनमा बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् । भरतपुर महानगरपालिका वडा नम्बर १२ आस्था चोकमा
गएराती काठमाडौबाट सर्लाहीतर्फ जाँदै गरेको ना ५ ख ५३४४ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको थियोे ।

बस अनियन्त्रित भएर सडक छेउको रुखमा ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरूको चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।

दुर्घटनामा परि चितवन भरतपुर महानगरपालिका वडा नम्बर १२ बस्ने बर्ष ३२ कि बबिता बस्नेत गम्भीर घाइते भएकी र उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेहरु मध्य २७ जनाको अवस्था मध्यम रहेको र १० जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।