ट्रकले ठक्कर दिदाँ एकजना गम्भिर घाइते
प्रकाशित मिति: मंगलबार, आषाढ २४, २०७६ | १८:०४:१७
चितवन , २४ असार
चितवनको रत्ननगरमा ट्रकले मोटरसाइकललाई ठक्करदिदाँ एकजना गम्भिर घाइते भएका छन् । रत्ननगर ३ बेल्सी पुलनजिक पश्चिमबाट पुर्वतर्फ जादै गरेको मोटरसाइकललाई विपरित दिशाबाट आउदै गरेको ट्रकले ठक्कर दिएको हो ।ना ६५ प ५९५५ नम्बरको मोटरसाइकललाई ना ७ ख २७१० नम्बरको ट्रकले ठक्कर दिदाँ मोटरसाइकल चालक रत्ननगर नगरपालिका वडा नम्बर १२ बस्ने अन्दाजी बर्ष २६ को राजेन्द्र महत्तो घाइते भएका छन् ।
घाइतेको अवस्था गम्भिर रहेको र उनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी निरिक्षक उमेश अमात्यले जानकारी दिए । ठक्कर दिने ट्रक प्रहरीको नियन्त्रणमा रहेको र चालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, आषाढ २४, २०७६ |
१८:०४:१७
7129