पूर्वी चितवनका १६ जना विद्यार्थीलाई रोटरीको अवार्ड

पूर्वी चितवनका १६ जना विद्यार्थीलाई रोटरीको अवार्ड

चितवन, २३ कार्तिक ।
रोटरी क्लब अफ रत्ननगरले विद्यार्थीहरुलाई सम्मान गरेको छ । एसईईमा उत्कृष्ट नतिजा ल्याउने पूर्वीचितवनका १६ जना विद्यार्थीहरुलाई आज अवार्ड प्रदान गरेको हो ।

शैक्षिक प्रतिभा सम्मान कार्यक्रम अन्तर्गत पूर्वीचितवनका संस्थागत तथा सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई सम्मान गरेको हो । रोटरीले संस्थागत विद्यालय तर्फ स्काइराडर आवासीय माविका हिमाल रानाभाट, विश्वास पौडेल, मिरीका लामिछाने,एकता शिशु निकेतनका आशिष पौडेल र केतन पौडेल,एन्जल्र्स वल्र्डका होमनाथ पौडेल ,सजेश रेग्मी,पन्चकन्या विद्या मन्दिरका सिम्रन खनाल,आयुष मिश्र, सगरमाथा आमाविका यमु थापा मगर,लिटर स्टारका समिर अधिकारी, मोर्डन इङ्लीस स्कुलका उल्लास प्रसाइ,सिद्दि विनायक स्कुलका अनुप भट्टराईलाई सम्मान गरेको हो । त्यस्तै सामुदायिक विद्यालयतर्फ जनजागृति माविका समिर ढकाल र सिजन पन्तलाई सम्मान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि रोटरी डिष्ट्रिक अवार्ड कमिटीका अध्यक्ष नुगल आनन्द बैद्य,क्लवका अध्यक्ष विपिन पोखरेलले सम्मानपत्रले सम्मान गरेका थिए । कार्यक्रममा रोटरीका असिष्टेन्ट गर्भनर चन्द्रमान श्रेष्ठ,अनिल थपलिया,रोटरी क्लव अफ रत्ननगरका संस्थापक अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, धुलिखेल रोटरीका अध्यक्ष अशोक श्रेष्ठ,स्काइराइडरका सहायक प्राचार्य केशवराज पाठक लगायतले मन्तव्य राखेका थिए । क्लवका अध्यक्ष पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा सचिव सुरेन्द्रनाथ रेग्मीले कार्यक्रमको उद्देश्यमाथी प्रकाश पारेका थिए ।