वैज्ञानिक वन व्यवस्थापन सम्बन्धि सचेतनामुलक कार्यक्रम

वैज्ञानिक वन व्यवस्थापन सम्बन्धि सचेतनामुलक कार्यक्रम

चितवन , २३ कार्तिक। 
पूर्वीचितवनको खैरहनीमा वैज्ञानिक वन व्यवस्थापन सम्बन्धि सचेतनामुलक कार्यक्रम भएको छ । वैज्ञानिक वनको कार्ययोजना कार्यान्वयनको लागि स्थानिय तह , पत्रकार , नागरिक समाजका प्रतिनिधिहरुलाई जानकारी तथा त्यसको फाइदाको बिषयमा जानकारी दिइएको हो ।

डिभिजन वन कार्यालय चितवनको आयोजनामा भएको कार्यक्रममा वैज्ञानिक वन व्यवस्थापन लागु भएको खैरहनी र राप्ती नगरापालिकाका जनप्रतिनिधि , विभिन्न वनका प्रतिनिधि , नागरिक समाजका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सव डिभिजन वन कार्यालय चितवनका प्रमुख सहायक वन अधिकृत विष्णु केसीले वैज्ञानिक वन व्यवस्थापन मार्फत दिगो वन व्यवस्थापन गर्न सकिने बताए ।

चितवनको कुल ५१ वटा सामुदायिक वनमध्य १७ वटामा वैज्ञानिक वन व्यवस्थापन लागु भएको सहायक वन अधिकृत केसीले बताए । नेपालमा बार्षिक ६ अर्वको काष्ठजन्य सामाग्री आयात हुने गरेको भन्दै वैज्ञानिक वन व्यवस्थापक गर्न सके बार्षिक १६ अर्वको कारोबार हुने सम्भावना रहेको केसीले बताए ।