टेकमाइन्डस् नेट जडान गरेकी जमुनाले पाइन टिभी उपहार

टेकमाइन्डस् नेट जडान गरेकी जमुनाले पाइन टिभी उपहार

चितवन , २३ कार्तिक। 
इन्टरनेट सेवा प्रदायक कम्पनी टेकमाइण्ड्स नेटवर्कले आठजना ग्राहकहरुलाई उपहार प्रदान गरेको छ । टेकमाइण्डड्सको पूर्वीचितवनको शाखा टाँडी शाखाले दशै तिहार अफर अन्तर्गत दशै तिहारको अवधिमा टेकमाइण्ड्सको नेट जडान गरेका ग्राहकहरुमध्य लक्की ड्र मार्फत ८ जनालाई पुरस्कार वितरण गरेको हो ।

कालिका नगरपालिका सूर्यपुरकी जमुना जैसीले प्रथम पुरस्कार स्वरुप ३२ इन्चको टिभी उपहार पाएकी छन् । त्यस्तै कालिका ५ पदमपुरका क्षेत्रबहादुर श्रेष्ठले दोस्रो पुरस्कार माइक्रो वभन , रत्ननगर ७ की बनुमाया मगरले तेस्रो पुरस्कार राइसकुकर, र पाँचजनाले सान्त्वना पुरस्कार भित्ते घडी प्राप्त गरेको टेकमाइण्ड्स नेटवर्कको टाँडी शाखा प्रमुख यमन भुषालले जानकारी दिए ।

शनिबार एक कार्यक्रमको बिच टेकमाइण्ड्स नेटवर्कको टाँडी शाखा बजार प्रमुख दिक्षा अधिकारीले पुरस्कार वितरण गरेकी थिइन् । टेकमाइण्ड्स नेटवर्कले चितवनमा केन्द्रिय कार्यालय राखेर देशका विभिन्न ५६ वटा जिल्लामा सेवा दिदै आएको ।