माडीमा राष्ट्रिय प्रस्तर मूर्ती कार्यशाला सुरु

माडीमा राष्ट्रिय प्रस्तर मूर्ती कार्यशाला सुरु

जिबन रानाभाट

चितवन , २३ कार्तिक । 
चितवनको माडि नगरपालिमा रहेको धार्मिक पर्यटकिय स्थल सोमेश्वर गढीमा माडी राष्ट्रिय प्रस्तर मुर्ती कार्यशाला २०७६ सुरु भएको छ । कार्यशालाको शनिबार उद्घाटन गर्दै माडी नगरपालिकाका प्रमुख ठाकुर प्रसाद ढकालले सोमेश्वरगढी चितवन जिल्लाकै गहनाको रुपमा स्थापित हुने दाबि गरे । उनले सोमेश्वर क्षेत्रमा प्रशस्त प्राकृतिक प्रस्तर रहेकोले प्रस्तरमा मूर्ति निर्माण गर्दा माडीमा पयर्टनको विकास हुने विश्वास व्यक्त गरे ।

माडी र सोमेश्वर गढी क्षेत्रमा ऐतिहासिक,धार्मिक तथा पुरातात्विक महत्व रहेकाले त्यसको विकासको लागि ९० करोड भन्दा बढीको गुरुयोजना तयार गरिएको माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले बताए । माडी नगरपालिका र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा सुरु भएको कार्यशालाको उद्घाटन कार्यक्रममा बोल्दै प्रतिष्ठानको मूर्तिकला विभाग प्रमुख लालकाजी लामाले मूर्तिकलाको माध्यमबाट नेपाली कलालाई अगाडी बढाउने अभियानमा आफूहरु लागिपरेको बताउनुभयो ।

१८ दिन सम्म चल्ने कार्यशालामा नेपालका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त कलाकारहरुले सोमेश्वरगढी क्षेत्रमा प्रस्तर मुर्ती निर्माण गर्ने छन् । कार्यशाला सम्पन्न गर्नका नगरपालिकाले २५ लाख रकम बिनियोजन गरेको छ ।