बोलेरोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

बोलेरोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

चितवन , २३ मंसिर ।
चितवनमा बोलेरोको ठक्करबाट एकजना प्रहरी हवल्दारको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत ३५ बर्षिय प्रहरी हवल्दार यदुप्रसाद पाठकको मृत्यु भएको हो ।

आपटारीबाट रामनगरतर्र्फ जाँदै गरेको बा १७ च ५७५८ नम्बरको बोलेरोले पाठक सवार ना ५५ प १४२५ नम्बरको मोटरसाइकललाई गएराति भरतपुर महानगरपालिका १ रामनगर नजिकको जंगलमा ठक्कर दिएको थियो । दुर्घटनामा गम्भिर घाइते भएका धादिङ नीलकण्ठ नगरपालिका १० निवासी पाठकको उपचारको क्रममा गएराति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।