वडा अध्यक्षलाई कालोमोसो र जुत्ताको माला लगाउनेलाई कारबाहीको माग गर्दै ज्ञापनपत्र

वडा अध्यक्षलाई कालोमोसो र जुत्ताको माला लगाउनेलाई कारबाहीको माग गर्दै ज्ञापनपत्र

चितवन ,२३ मंसिर।
चितवनको इच्छाकामना गाँउपलिका वडा नम्बर २ का वडा अध्यक्षमाथी कुटपिट गर्ने तथा अमानविय व्यवहार गर्नेहरुलाई कडा कारबाहीको माग गरिएको छ । वडा अध्यक्ष पञ्जबहादुर प्रजा चेपाङलाई शनिबार साँझ कुटपिट गर्ने , कालोमासो र जुत्ताको माला लगाउनेहरुलाई कारबाहीको माग गर्दै नेपाल चेपाङ संघको ३ नम्बर प्रदेश कार्यकारिणी समितीले आज चितवनका प्रमखु जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको हो ।

वडा कार्यालय रहेको स्थानमा नेपाली कांग्रेसनिकट कार्यकर्ताहरुले तालाबन्दी गरेपछि सामुदायिक भवनमा वडा कार्यालय सार्ने क्रममा स्थानिय केहि व्यक्तीहरुले वडा अध्यक्ष चेपाङ र स्थानिय प्रकाश बुढाथोकीलाई कुटपिटसँगै कालोमोसो र जुत्ताको माला लगाएका थिए । उनीहरुमाथी कुटपिट गर्ने, कालोमासो र जुत्ताको माला लगाउने , मलमुत्र खुवाउने तथा बोक्साबोेक्सीको आरोप लगाउने  दुष्प्रयास गरेको भन्दै उत्तर कुमार गुरुङ , बिर्ख बहादुर गुरुङ , विजय गुरुङ , गिता बहादुुर गुरुङ , जोखालाल गुरुङ लगायतलाई कारबाहीको माग गर्दैै नेपाल चेपाङ संघको ३ नम्बर प्रदेश कार्यकारिणी समितीका अध्यक्ष खु्सिलाल चेपाङ नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्र बुझदै प्रजिअ भट्टराईले अमानविय व्यवहार गर्नेहरुलाई कानुन अनसुार कारबाही हुने प्रतिबद्धता व्यक्त गरे । वडा अध्यक्षमाथी अमानविय व्यवहार गरेको भन्दै प्रहरीले उत्तर कुमार गुरुङ र बिर्ख बहादुर गुरुङलाई पक्राउ गरि अनुसन्धमान सुरु गरेको प्रहरीले जनाएको छ ।