इनारमा खसेर एक महिलाको मृत्यु

इनारमा खसेर एक महिलाको मृत्यु

चितवन , २४ साउन

इनारमा डुबेर चितवनमा एक महिलाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ९ आदर्श चोकमा इनारमा डुबेर बर्ष ४० की ईन्द्रकला भुषालको मृत्यु भएको हो ।

नवलपुर जिल्ला गैंडाकोट घर भई हाल आदर्शचोकमा रहेको माइती घर आएकी भुषाल कपडा सुकाउने क्रममा इनारमा खसेको प्रहरीले जनाएको छ । इनारमाथीको ढकनीमा चढेर कपडा सुकाउने डोरी मिलाउन खोज्दा एक्कासी ईनारको ढकनी भांचिदा भुषाल इनारमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक एकनारायण कोइरालाले जानकारी दिए ।