विप्लव समूह र प्रहरीबिच गोली हानाहान दुई जनाको मृत्यु

विप्लव समूह र प्रहरीबिच गोली हानाहान दुई जनाको मृत्यु

भोजपुर , २५ असार

भोजपुरमा नेत्रविक्रम चन्द ( विप्लव ) समूह र प्रहरीबीच गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ ।सदरमुकामको हटिया लाइनमा भिडन्त हुँदा प्रहरी जवान सन्जीव राई र  विप्लव समूहका  निरकुमार राईको मृत्यु भएको हो ।

बुधबार विहान विप्लव कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय भोजपुरमा कार्यरत प्रहरी जवान राईलाई गोली हानेका हुन् । जवाफी कारबाहीमा विप्लव समूहका निरकुमारलाई पनि गोली लागेको थियो । भोजपुर अस्पतालमा उपचार हुँदै गर्दा प्रहरी जवान सन्जीव र विप्लव कार्यकर्ता निरकुमारको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले जानकारी दिए । प्रहरीको गोली लागेर मृत्यु भएका निरकुमार विप्लव समूहका ओखलढुंगा इञ्चार्ज हुन् । घटनास्थलबाट एक थान चाइनिज पेस्तोल र चार राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।