पशुपालन व्यवसायलाई कालिका नगरपालिकाद्धारा अनुदान वितरण
चितवन ,२५ असार
चितवनको कालिका नगरपालिकाले पशुपालन व्यवसायलाई दिगो वनाउन किसानहरुलाई अनुदान वितरण गरेको छ । किसानको आयआर्जनलाई वढाउँदै पशुपालन व्यवसायलाई दिगो वनाउन गोठ सुधार,वाख्रा र वंगुरको खोर सुधार,व्याडे बोका र व्याडे रांगो तथा साँढे वितरणमा अनुदान दिएको हो ।
चालु आर्थिक वर्ष २०७५÷७६ को पशु सेवा तर्फको स्वीकृत कार्यक्रम अनुसार १६ लाख ८५ हजार वरावरको अनुदान रकम किसानलाई वितरण गरिएको कालिका नगरपालिका पशु सेवा शाखा प्रमुख इश्वरी पौडेलले जानकारी दिए । बुधवार एक कार्यक्रमको आयोजना गरि कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठ गोपीले अनुदान रकम वितरण गरका हुन् । गाई ,भैसी गोठ सुधार तर्फ १० जना ,वाख्रा खोरसुधार तर्फ १२ जना ,व्याडे राँगो तर्फ १ जना र व्याडे बोका खरिद र वाख्रापालन तर्फ ६ जना किसानलाई अनुदान दिईएको हो । गाई,भैसी गोठ सुधारमा प्रति किसान १ लाख,वाख्रा खोर सुधारमा प्रति किसान २० हजार ,व्याडे राँगो खरिदमा ५५ हजार र व्याडे बोका खरिद तथा वाख्रापालन कार्यक्रम अन्र्तगत बोका खरिदमा प्रति किसान १५ हजारका दरले अनुदान वितरण गरिएको पशु सेवा शाखा प्रमुख पौडेलले वताए । पौडेलका अनुसार ७० प्रतिशत अनुदानमा किसानलाई अनुदान दिईएको हो । अनुदान रकम वितरण गर्दै कालिका नगरपालिकाका श्रेष्ठले किसानको आर्थिक वृद्धी विना नगर समृद्धीको आधार तय नहुने भएकाले नगरपालिकाले कृषि र पशुमा अनुदान रकम वढाउँदै लगेको वताए ।
नगरपालिकाको अनुदान कार्यक्रमले नगर भित्र व्यवसायिक रुपमा पशुपालन गर्ने किसानको संख्या समेत वढेको मेयर श्रेष्ठको दावी छ । चालु आर्थिक वर्षको पशु सेवा कार्यक्रम तर्फ गाई ,भैसी गोठ सुधारमा कालिका १ का रघुनाथ सापकोटा र देवीलाल श्रेष्ठ,कालिका २ का गणेश प्रसाद ढुंगाना र कुलप्रसाद कडेंल,कालिका ६ का खिलकुमारी घिमिरे,सम लामा,रमेश खनाल र अम्विका सापकोटालाई एक एक लाखका दरले अनुदान दिईको हो । पशु फार्म प्रवद्र्धन र वाख्रापालन कार्यक्रम अन्र्तगत खोर सुधारमा कालिका ६ का सीताकुमारी दुलाल,कालिका ८ का झनक वहादुर गुरुङ,कालिका ९ का टेकवहादुर रायमाझी,दुधराज चेपाङ,भरतलाल प्रजा र विष्णुमाया रायमाझी,कालिका १० का माधव तामाङ,करवहादुर प्रजा र सन्तकुमार प्रजा,कालिका ११ का किरण प्रजा,काजी प्रजा र गमवहादुर प्रजालाई २० हजारका दरले अनुदान प्रदान गरिएको थियो ।
त्यस्तै व्याडे राँगो खरिदमा कालिका ४ का नारायण गिरीलाई ५० हजार रुपैया,बोका वितरणमा कालिका १ का सोमवहादुर लामा र शान्तिमाया लामा,कालिका ९ का ओकिल पुरी र लालवहादुर गुरुङ,कालिका ११ का गयासिं प्रजा र विष्णुलाल प्रजालाई १५ हजारका दरले अनुदान वितरण गरिएको पशु सेवा शाखा इश्वरी पौडेलले वताए । त्यस्तै २६ जना किसानलाई काउम्याट खरिदमा ७० प्रतिशत अनुदान वितरण गरिएको छ । कार्यक्रममा कालिका १ का वडाध्यक्ष लिलावहादुर गुरुङ, कालिका ६ का वडाध्यक्ष विनोद रेग्मी ,कालिका ४ का वडाध्यक्ष कृष्ण कुमार श्रेष्ठ , कालिका नगरपालिका कृषि शाखा प्रमुख शिवराज पौडेल,किसान विष्णुमाया रायमाझी ,गणेश ढुंगाना ,सुजन ढुंगाना लगायतले मन्तव्य राखेका थिए ।