ट्रकको ठक्करबाट एकजनाको मृत्यु

ट्रकको ठक्करबाट एकजनाको मृत्यु

चितवन , २५ असार

पूर्वीचितवनको हर्दीचोक नजिक ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत राप्ती नगरपालिका वडा नम्बर ६ सशस्त्र प्रहरीको ब्यारेक अगाडी ना ५ ख ७२९३ नम्बरको ट्रकको ठक्करबाट रौतहट जिल्ला चपुर नगरपालिका ८ निवासी अन्दाजी ३५ /४० बर्षका दुख माझीको मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट सोही जिल्ला निवासी बर्ष ४५ को गोविन्द माझी घाइते भएका छन् । घाइते माझीको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ट्रकले दुईजना पैदलयात्रीलाई ठक्कर दिएको थियो । ठक्कर दिने ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालकको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरिक्षक वसन्त आचार्यले जानकारी दिए ।