चितवनको मेघौलीमा २३ करोडको राईनो पार्क बनाइँदै
मंसिर २४, कठमाडौं । चितवनको पर्यटकीय क्षेत्र मेघौलीमा निर्माण गर्न लागिएको राईनो पार्कको मंगलवार शिलान्यास गरिएको छ । २३ करोडको लगानीमा निर्माण गर्न लागिएको पार्कको प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले शिलान्यास गरे ।
राइनोपार्कमा ४० फिट लम्वाइ र ३९ फिट चौडाइ भएको गैंडाको प्रतिमा बनाईने छ । दुई तलामा रहने प्रतिमा पहिलो तलामा पर्यटक सूचना केन्द्र र दोस्रो तलामा संग्राहलय बनाउने योजना रहेको पर्यटन विज्ञ विश्व सुवेदीले बताए । भरतपुर महानगरपालिका र प्रदेश ३ सरकारको संयुक्त लगानीमा दुई करोड ९० लाखको लगातमा गैंडाको प्रतिमा बनाउन लागिएको हो । पार्कमा घाइते जंगली जनावरहरुको उद्धार र उपचार केन्द्र पनि बनाइने छ । शिलान्यास समारोहलाई सम्वोधन गर्दै मुख्यमन्त्री प्रदेश सरकारले हरेक जिल्लामा देखिने गरि विकास निर्माणको काम भइरहेको बताए ।