नेपाल नेत्रज्योति संघको प्रदेश नम्बर ३ को सभापतिमा पौडेल

नेपाल नेत्रज्योति संघको प्रदेश नम्बर ३ को सभापतिमा पौडेल

चितवन , २५ साउन

नेपाल नेत्रज्योति संघको प्रदेश नम्बर ३ को नेतृत्वमा ऋषिराम पौडेल आएका छन् । संघको आज चितवनमा भएको प्रथम अधिवेशनमा पौडेल निर्विरोध निर्वाचित भएका हुन् । पौडेल सहित अन्य आठजना पनि सदस्य पदमा निर्विरोध निर्वाचित भएका छन् ।

संघको महिला सदस्यमा मिरा रिमाल र मुक्तिकला लामिछाने निर्विरोध निर्वाचित भएकी छन् । त्यस्तै सदस्यहरुमा प्रा.डा.साधाना प्रधानाङ कायस्थ, प्रमोद कुमार श्रेष्ठ , उत्तमलाल चुके , विमल कुमार पौड्याल , नवराज छत्कुली र नवराज तिमिल्सीना निर्वाचित भएका छन् । एक सभापति सहित आठ जना सदस्यको लागि भएको अधिवेशनमा सभापति पदमा एक जना र सदस्यमा आठ जनाको मात्रै उम्मेद्वारी परेकाले सबै निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत भरत बहादुर चन्दले जानकारी दिए । निर्वाचित सबैलाई आज नै प्रमाणपत्र वितरण गरिएको छ ।