खैरहनीमा दिउँसै दुईवटा घरमा चोरी

खैरहनीमा दिउँसै दुईवटा घरमा चोरी

विकास पौडेल

चितवन , २४ भदौ

पूर्वीचितवनको खैरहनीमा दुईवटा घरमा चोरी भएको छ । खैरहनी नगरपालिका वडा नम्बर १ र वडा नम्बर २ को दुईवटा घरमा आज दिउँसै चोरी भएको हो ।

घरमा कोहि नभएको मौका पारी चोरहरुले चोरी गरेका हुन् । खैरहनी नगरपालिका वडा नम्बर १ स्थित नेपाल चोक नजिक कृष्ण प्रसाद नेपालको घरमा दिउँसो करिब साढे दुई बजेतिर चोरी भएको स्थानियले बताएका छन् । घरमा कोहि नभएकोबेला चोरले मुल ढोकाको ताला , भित्र कोठाको ताला र दराजको लक फोडेर सुन चोरी गरेको पिडित नेपालले बताए । चोरले करिब नौ तोला सुनको गरगहँना चोरेको नेपालले बताए ।

त्यस्तै खैरहनी नगरपालिका वडा नम्बर २ मा किशोर वर्माको घरमा चोरी भएको छ । उनको घरमा पनि कोहि नभएको मौकापारी दिउँसो करिब ३ बजेतिर चोरी भएको हो । घरको मुल ढोकाको ताला , भित्र कोठाको ताला , दराजको लक र दराजभित्रको सेफको लक फोडेर चोरी गरेको छ । चोरले करिब साढे तिन तोला सुनको गरगहना र ७३ हजार नगद चोरी गरेको पिडित परिवारले बताएको छ । दिउँसो ठुलो पानी परेको बेला दुवै स्थानमा चोरी भएको हो । चोरहरुको खोजी कार्य सुरु गरिएको प्रहरी जनाएको छ । चोरहरु मोटरसाइकलमा आएर चोरी गरि फरार भएको प्रहरीको अनुमान छ ।