खैरहनीले गल्ती सुधार्याे , कक्षा ८ मा उत्कृष्ट हुने खैरहनी मा वि का खत्री सम्मानित

खैरहनीले गल्ती सुधार्याे , कक्षा ८ मा उत्कृष्ट हुने खैरहनी मा वि का खत्री सम्मानित

चितवन , २४ भदौ

शिक्षा दिवसको अवसरमा कक्षा ८ को परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गर्ने क्रममा भएको गल्ती सुधार गरिएको छ । खैरहनी नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरुबाट कक्षा ८ मा उच्चतम जिपिए ल्याउने विद्यार्थीलाई सम्मान गर्दा त्रुटि भएको भन्दै नगरपालिकाले गल्ती सुधार गरेको हो ।

नगरपालिकाले उच्चतम जिपिए ल्याउने खैरहनी मा वि का निरन्जन खत्रीलाई सम्मान गर्नुपर्नेमा कठार मा वि का सागर कुमार मुखियाँलाई सम्मान गरेको थियो । निरन्जनले ३.८ जिपिए ल्याएका थिए भने मुखियाँले ३.७३ जिपिए ल्याएका थिए । उक्त दिन मुखियालाई उत्कृष्ट जिपिए ल्याएको भन्दै नगरपालिको तर्फबाट सम्मान गरिएको थियो । गल्ती भएको तिनदिन पछि नगरपालिकाले गल्ती सुधार गर्दै खैरहनी माध्यमिक विद्यालयका खत्रीलाई सर्वोकृष्ट जिपिए ल्याएको भन्दै नगरपालिकामा सम्मान गरेको हो । काम गर्नेक्रममा मानविय त्रुटि भएकोले त्यसलाई सुधार गरिएको खैरहनी नगरपालिकाका शिक्षा शाखा संयोजक महेन्द्र पौडेलले बताए ।

यस अघि मुखियाँलाई सम्मान गर्न कठार मा वि का प्रधानाध्यापक कृष्ण घिमिरेको संयोजकत्वमा रहेको समितीले सिफारिस गरेको थियो । धेरै जि पि ए ल्याउनेलाई सम्मान नगरेको भन्दै सामाजिक सञ्जालमा समेत त्यसको व्यापक बिरोध भएको थियो । गल्ती भएपछि पुन उक्त समितीले खैरहनी मा वि का खत्रीलाई सम्मान गर्न सिफारिस गरेपछि खत्रीलाई आज सम्मान गरिएको नगर शिक्षा अधिकारीे पौडेलले जानकारी दिए ।