सिन्धुपाल्चोकमा बस दुर्घटना, ८ जनाको मृत्यु, ४० घाइते

सिन्धुपाल्चोकमा बस दुर्घटना, ८ जनाको मृत्यु, ४० घाइते

आश्विन २४ ।   सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका- १० भोटसिपा हुँदै काठमाडौं गइरहेको बा २ ख २७१५ नम्बरको यात्रु बस तिर्खुमोडमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । ४० जना भन्दा बढी घाइते भएका प्रत्यक्षदर्शीले बताएका छन् ।घटनास्थलमै ६ जनाको र २ को अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो। मृतकको सनाखत भएको छैन।

बिहान ८ बजे भोटसिपा गाउँबाट हिँडेको हेलम्बु यातायातको बस १० बजेतिर सडकबाटै तल खसेर क्षतिग्रस्त भएको थियो। उद्धार कार्य चलिरहेको प्रहरीले जनाएको छ। प्रहरीले खबर पाएलगत्तै घटनास्थलमा पुगेर स्थानीयसँगै उद्धारकार्यमा जुटेको थियो।

गाडीमा झण्डै ७० जना सवार रहेको अनुमान गरिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले भने, ‘थप विवरण आउन बाँकी छ।,’