पोल्ट्री व्यवसायीलाई मन्त्री लामाले भने–सहकार्य गरेर निर्यात घटाऔं

पोल्ट्री व्यवसायीलाई मन्त्री लामाले भने–सहकार्य गरेर निर्यात घटाऔं

चितवन , २४ असोज ।

प्रदेश नम्वर ३ का भुमी व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले पोल्ट्री व्यवसायमा लागत मुल्य घटाउन सरकार सहयोग गर्न तयार रहेको वताएका छन् । २४ औं अन्र्तराष्ट्रिय अण्डा दिवसको अवसरमा कुखुरा व्यवसायी संघ पूर्वी चितवनले रत्ननगरमा आयोजना गरेको कार्यक्रममा कृषि मन्त्री लामाले निजी क्षेत्र संग मिलेर लागत घटाउन सरकार प्रतिवद्ध रहेको वताएका हुन् । पोल्ट्रीका लागि आवश्यक प्रमुख कच्चा पदार्थ मकै वाहिरबाट आयात गर्नु पर्ने अवस्था छ मन्त्री लामाले भने सामुहिक रुपमा मकै खेती गर्ने गरी जग्गा लिजमा लिनुस सरकार त्यसमा मेसिनरी,प्राविधिक सहयोग गर्न तयार छ । कम्तीमा १ सय विगाहा जमिन लिजमा लिएर मन्त्रालय आउन मन्त्री लामाले व्यवसायीहरुलाई आग्रह गरे । नेपाल पोल्ट्री महासंघका केन्द्रिय उपाध्यक्ष टिकाराम पोखरेलले कुखुराका लागि आवश्यक मकै र भटमास वाहिरबाट आयात गर्नु पर्दा पोल्ट्री क्षेत्रको विकास हुन कठिनाई भएको वताए । नेपालमै १२ महिनानै मकै खेती हुने जमिन छ पोखरेलले भने – पोल्ट्रीको विकासका लागि सरकारले निति वनानउन आवश्यक छ । कार्यक्रममा डाक्टर द्धय भुमिनन्द देवकोटा र डुण्डीराज पौडेलले मानव स्वास्थ्यमा अण्डाको महत्वका बारे चर्चा गरेका थिए ।

कुखुरा व्यवसायी संघ पूर्वी चितवनका अध्यक्ष भीमनारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी, कुखुरा व्यवसायी संघ पूर्वी चितवनका निवर्तमान अध्यक्ष एवंम् कार्यक्रम संयोजक रघुनाथ भट्ट,संघका महासचिव राममणी थपलिया लगायतले मन्तव्य राखेका थिए । लायन्स फुडल्याण्डमा औपचारीक कार्यक्रमपछि अण्डाका परिकारहरुको प्रर्दशनी समेत गरिएको थियो । प्रर्दशनसंगै कार्यक्रममा उपस्थितका लागि अण्डाका विभिन्न १५ परिकारको स्वाद चाख्ने व्यवस्था पनि मिलाईएको कुखुरा व्यवसायी संघ पूर्वी चितवनका पूर्व अध्यक्ष ज्ञान वहादुर विसुरालले वताए । औपचारीक कार्यक्रम अघि वकुलहर अस्पतालबाट र्यालि निकालिईएको थियो । त्यसअघि अस्पतालका विरामीहरुका लागि अण्डा वितरण समेत गरिएको थियो ।