बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुग्यो , घाइतेहरुलाई हेलिकप्टर मार्फत उद्धार

बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुग्यो , घाइतेहरुलाई हेलिकप्टर मार्फत उद्धार

सिन्धुपाल्चोक , २४ असोज 
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका १० तिर्खुमोडमा बा २ ख २७१५ नम्बरको यात्रु बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ११ पुगेको छ । काठमार्डौ जादैँ गरेको बस दुर्घटना भएको थियो । दिुर्घटनामा गम्भिर घाइते भएकाहरुले हेलिकप्टर मार्फत उद्धार गरि काठमाडाँ लगिएको छ । मृतकहरुको सनाखत नभएको प्रहरीले जनाएको छ । दुर्घटना स्थलमा प्रदेश नम्बर ३ का सामाजिक विकास मन्त्री युवराज दुलाल समेत पुगेका छन् ।