चितवनमा भारतिय गाडी निषेध , फलफूल बोकेको भारतिय गाडीमा बिहानै तोडफोड

चितवनमा भारतिय गाडी निषेध , फलफूल बोकेको भारतिय गाडीमा बिहानै तोडफोड

चितवन , असार २६

चितवनमा फलपूल बोकेको एक भारितय गाडी तोडफोड भएको छ । भरतपुर महानगरपालिका २ मा रहेको तरकारी मण्डीमा भारतबाट आँप लिएर आएको गाडीमा ढुङ्गा प्रहार भएको हो । अज्ञात समुहले विहिबार बिहान ३ बजेतिर यू पी ४१ ए पी २६९१ नम्बरको गाडीमा ढुङ्गा प्रहार गर्दा गाडीको अगाडीको सिसामा क्षति भएकोे प्रहरीले जनाएको छ ।

बिषादीको मात्रा परिक्षण गरेर मात्रै भारतिय तरकारी नेपाल भित्र्याउने निर्णयबाट सरकार पछि हटेपछि त्यसको सर्वत्र विरोध हुदैँ आएको छ । । त्यसैको विरोध गर्दै आएका समुहबाट तोडफोड भएको हुनसक्ने प्रहरीको आशंका छ । बिना जाँच भारतिय तरकारी तथा फलपूल नेपाल भित्रन दिने निर्णयको बिरोधमा चितवनका चार विद्यार्थी संगठनले विभिन्न आन्दोलनको कार्यक्रम अनुसार बिहिबार चितवनमा भारतिय नम्बर प्लेटको गाडी निषेध गर्ने घोषँणा गरेका छन् ।