चितवनमा खैरो हेरोइन सहित ३ जना पक्राउ

चितवनमा खैरो हेरोइन सहित ३ जना पक्राउ

चितवन ,असार २६
चितवनमा अबैध लागुऔषध खैरो हेरोइन ( ब्राउन सुगर ) सहित ३ जना पक्राउ परेका छन् । पूर्वीचितवनको रत्ननगर नगरपालिका १ बकुलहरबाट प्रहरीले १० ग्राम ३६० मिलि ग्राम खैरो हेरोइन सहित तिनजनालाई आज दिउँसो पक्राउ गरेको हो ।

खैरो हेरोइन सहित भरतपुर महानगरपालिका वडा नं.४ बस्ने बर्ष ३२ को सन्तोष सिखारी ,रत्ननगर नगपालिका वडा नं.१० बस्ने बर्ष २९ को अनिल चौधरी र रत्ननगर नगरपालिका वडा नं.०९ बस्ने बर्ष २५ को मिन बहादुर महतों पक्राउ परेका छन् । लागु औषध खैरो हेरोइन बोकी भण्डाराबाट टाँडी तर्फ आईरहेको भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय टाँडीका प्रहरी निरीक्षक उमेश मान अमात्यको कमाण्डमा खटिएको प्रहरी टोलीले पछ्याउदै आउने क्रममा बकुलहर चोकमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।