पहिरोले नारायणगढ मुग्लिङ सडक अबरुद्ध

पहिरोले नारायणगढ मुग्लिङ सडक अबरुद्ध

चितवन , २६ असार 

नारायणगढ मुग्लिङ सडक खण्डको सत्रकिलोमा पहिरो खसेर सडक अबरुद्ध भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २९ मा राती ११ बजे पहिरो खसेर सडक अबरुद्ध भएको प्रहरीले जनाएको छ। अबरुद्ध सडक खुलाउन प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।