राप्ती नगरपालिकाको समिक्षा पुर्वाधार विकासमा ९९ प्रतिशत भौतिक प्रगति

राप्ती नगरपालिकाको समिक्षा पुर्वाधार विकासमा ९९ प्रतिशत भौतिक प्रगति

चितवन , २६ साउन

पूर्वीचितवनको राप्ती नगरपालिकाले गत आर्थिक बर्ष २०७५÷७६ को समिक्षा गरेको छ । राप्ती नगरपालिकाले आयोजना गरेको समिक्षा कार्यक्रममा विभिन्न शाखा प्रमुखहरुले गत आ व को प्रगति विवरण पेश गरेका थिए । राप्ती नगरपालिकाले पुर्वाधार विकासमा बिशेष जोड दिएको र बजेट विनियोजन अनुरुप भौतिक प्रगति समेत उल्लेख्य भएको पाइएको छ ।

नगरापलिकाले पुर्वाधार विकासमा ९९ प्रतिशत भैतिक प्रगति गरेको र ९३ प्रतिशत वित्तिय प्रगति गरेको राप्ती नगरापलिकाका योजना शाखा प्रमुख अर्जुन पौडेलले जानकारी दिए । नगरपलिकाले नयाँ ट्रयाक तथा सडक बिस्तारमा मात्रै ७ करोड ४२ लाख रकम खर्च गरेको थियो । नगरपालिकाले गत आ व मा करिब ५४ किलोमिटर नयाँ सडक निर्माण तथा चौडा गरिएको , ३.५ किलोमिटर सडक कालोपत्रे , ५.५ किलोमिटर सडक ढलान र ५ सय मिटर सडकमा मोजाइक टायल राखिएको पौडेलले बताए ।

समग्रमा नगरपालिकाको कुल बजेटको करिब ७९ प्रतिशत खर्च भएकोे राप्ती नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मिठाराम हुमागाँईले जानकारी दिए । कुल ८७ करोडको बजेटमा करिब ५८ करोड खर्च भएको छ । पुँजीगततर्फ करिब ६८ प्रतिशत खर्च भएको र चालुतर्फ करिब ८४ प्रतिशत खर्च भएको प्रमुख प्रशासकिय अधिकृत हुमागाँईले बताए ।

नगरपालिको पहाडी भेगमा सडक नपुगेकोले नगरपालिकाले सडक बिस्तारमा बढी जोड दिएको छ । बिकट क्षेत्रमा सडक संजाल पुर्याउन सके त्यस क्षेत्रका नागरिकको जिवनस्तर उकास्न सकिने भएकोले पनि नगरपालिकाले करिब २२ करोड रुपैयाँ सडक बिस्तार , सडक कालोेपत्रे , सडक ढलान लगायतको काममा विनियोजन गरि काम गरेको राप्ती नगरपालिकाकी मेयर प्रभा बरालले जानकारी दिइन् । नगरपालिकाले सडकसँगै शिक्षा , स्वास्थ्यमा , कृषि ,पशु ,पर्यटन प्रर्वद्धनमा समेत समेत बिशेष जोड दिएको मेयर बरालले बताइन् ।