शौचालयमा लडेर बृद्धको मृत्यु

शौचालयमा लडेर बृद्धको मृत्यु

चितवन , २६ साउन

शौचालयमा लडेर चितवनमा एक बृद्धको ज्यान गएको छ । कालिका नगरपालिका वडा नम्बर ७ निवासी ७३ बर्षिय तेज बहादुर लामाको मृत्यु भएको हो ।लामा आफ्नै घरको शौचालयमा आइतबार बिहान मृत अवस्थामा फेला परेका थिए ।

घरमा एक्ले बस्ने गरेका लामालाई छिमेकीहरुले शनिबारबाट नदेखेकोले आइतबार बिहान उनको खोजी गर्नेक्रममा शौचालयको ढोका भित्रबाट बन्द रहेको र सानो भेन्टीलेशनबाट हेर्दा उनको खुट्टा देखेका थिए । त्यसलगत्तै स्थानियले प्रहरीलाई खबर गरेका थिए ।

स्थानिय र आफन्तको रोहबरमा ढोका खोली हेर्दा लामा मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायव उपरिक्षक सन्तोष आचार्यले जानकारी दिए । मृतक लामाको शवलाई पोष्टमार्टमको लागि भरतपुर अस्पतालमा राखिएको छ । घटना शंकास्पद नदेखिएता पनि पोष्टमार्टमको रिर्पोट आएपछि  मात्रै थप कुरा आउने आचार्यले बताए ।