चितवनमा यामाहाको राइडर्स राइड आउट

चितवनमा यामाहाको राइडर्स राइड आउट

चितवन , २६ साउन

नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एम ए डब्ल्यु इन्टरप्राइजेजले आफ्नो नयाँ उत्पादन एफ जेट एस भर्जन थ्री (ए बि एस ) का राइडरहरुका लागि एड्भ्यान्चरस् तथा राइड आउट कार्यक्रम गरेको छ । यामाहाले एफजेट एस भर्जन थ्री का राइडर्स लाई पर्सा बजारमा रहेको कालिका मोटरसाइकल पार्टस बाट भण्डारा हुँदै सौराहासम्म राइड आउट गराएको थियो ।

एड्भ्यान्चरस् तथा राइड आउटमा सहभागी १८ जनालाई विभिन्न साहासिक टास्क दिइएको थियो । आर्म रेस्ट्लिङ बाट सुजन खनाल अल्टिमेट विनर घोषित भएका थिए भने सबै राइडर्स लाई यामाहाको ब्रान्ड एम्बेस्टर घोषणा गरिएको थियो । अत्याधुनिक फ्युल इन्जेक्सन प्रबिधी रहेको भर्जन थ्री(ए बि एस ) मा कुल्ड इन्जिन,फोर स्ट्रोक,एस ओ एच सि, द्द भल्ब,सिङगल सिलिन्डर भएको १४९ सिसिको सक्तिशाली इन्जिन रहेको छ । उक्त बाइकमा एबिएस प्रबिधिले रहेको जसले बाइकको नियन्त्रण र सुरक्षामा चमत्कारिता परिवर्तन गरेको छ कम्पनीको दावी छ ।

कार्यक्रममा कालिका मोटरसाइकल पार्टस्का प्रबन्धक उत्तम अधिकारीले सम्पुर्ण राइडर्हरुलाई स्वागत गर्नुका साथै आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए । पार्ट्सका प्रबन्धक अधिकारीले यस्ता कार्यक्रमहरुबाट सुरक्षित यात्रा मात्र नभई बिक्रेता र ग्राहक बीचको सम्बन्धलाई प्रगाढ बनाउने विश्वास व्यक्त गरे । सोहि अवसरमा उनले प्रत्येक यामाहा मोटरसाइकल तथा स्कुटरको बिक्रि बापत दुई सय रुपैँया गरिब,जेहन्दार तथा अनाथ बालबालिकाको शिक्षाको लागि कालिका यामाहा कोषमा जम्मा गरिने अधिकारीले बताए ।

कार्यक्रममा कालिका मोटरसाइकल पार्ट्सका प्रबन्धक अधिकारी,एम ए डब्ल्यु इन्टरप्राइजेजका क्षेत्रीय सेल्स म्यानेजर राम बोगटी र सुवास मैनाली,कालिका मोटरसाइकल पार्ट्स टाडी शाखाका प्रबन्धक रामचन्द्र कोईराला,कालिका मोटरसाइकल पार्टस् का सेल्स म्यानेजर सुदिप लामिछाने ,मर्के्टिङ अफिसर सुदिप अधिकारी,सेल्स म्यान सागर पुन लगायतको उपस्थिति रहेको थियो ।