सरकार एकतन्त्रिय शासन तर्फ जादैँ : महामन्त्री डा.कोइराला

सरकार एकतन्त्रिय शासन तर्फ जादैँ : महामन्त्री डा.कोइराला

चितवन , २५ भदौ

अहिलेको सरकार एकतन्त्रिय शासनतर्फ गइरहेको भन्दै नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले विरोध जनाएका छन् । नवलपुरको गैडाँकोटमा नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघको तेस्रो साधारणसाभाकोे उद्घाटनको क्रममा बोल्दै महामन्त्री कोइरालाले प्रधानमन्त्रीले आहिले धेरै अधिकार आफ्नो हातमा राखेको भन्दै त्यसको विरोध गरे ।

उनले अहिलेको सरकार एकतन्त्रिय शासनतर्फ गइरहेको र त्यो मुलुकको लागि खतरनाक रहेको बताए । महामन्त्री कोइरालाले सरकारले अहिलेको संविधानलाई टोरमोटोर गर्न खोजेको भन्दै कुनैपनि हालतमा संविधान परिवर्तन हुन नदिन नेपाली कांगे्रस प्रतिवद्ध रहेको बताए । त्यस्तै उनले अहिलेको सरकारले दु्रत गतिमा काम गर्न नसकेको भन्दै नेपाली काग्रेंस सत्तामा हुदाँ सडक विस्तार , मेडिकल कलेज स्थापना तथा संचालन , विश्वविद्यालय स्थापना लगायतको धेरै काम भएको दावी गरे ।