खजुरी विस्कुट कम्पनीमा महिला कर्मचारीमाथी चरम शोषण,महिलाहरु आन्दोलित

खजुरी विस्कुट कम्पनीमा महिला कर्मचारीमाथी चरम शोषण,महिलाहरु आन्दोलित

कार्तिक २६ गते । चितवनको खैरहनी नगरपालिका ५ स्थित विस्कुट उत्पादक कम्पनी खजुरी नेपाल प्रालिमा कार्यरत महिला कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । कम्पनीले चरम शोषण गरेको भन्दै उनीहरु आन्दोलित भएका हुन् । बिस्कुट उत्पादन गर्ने प्लान्टमा काम गर्ने महिला श्रमीकहरुले आफुहरुलाई कम्पनीले चरम श्रम शोषण गरेको उनीहरुको भनाई छ । खजुरीको कम्पनी देशकै नाम चलेको कम्पनीमा पर्दछ । जसले भिटामिन, ग्लुकोज, चोकोज चोको, टायल कुकीज, चेरी कुकीज नाम राखेर बजारमा बिस्कुट उत्पादन गरि बिक्री बितरण गरिरहेको छ ।
कम्पनीमा कार्यरत २ सय ६७ जना महिला श्रमीक मध्ये १ सय ४२ जना आन्दोलनमा उत्रिएको त्यहाँ कार्यरत महिला कर्मचारी रत्ननगर–१६ की ईन्दिरा देवकोटाले वताईन् । केहिलाई कम्पनीका सुपरभाईजरले जबरजस्ती काममा लगाएको उनको भनाई छ । कम्पनीले तिन सिफ्टमा बिहान ९–५, बेलुका ५–१, राति १–९ मा काम गर्ने भनेर महिलाहरुलाई काममा लगाएको भएपनि दैनिक १२ देखी १४ घण्टासम्म उभाएर काममा लागाउने गरेको कर्मचारी देवकोटाले वताईन् । तर श्रम अनुसारको तलव भने नपाएको उनको गुनासो छ । सो कम्पनीमा खैरहनी, रत्ननगर, राप्ती नगरपालिकाका महिलाहरुले काम गर्दै आएका छन् । सुरुमा एग्रीमेन्ट पेपर पनि हेर्न नदिई हस्ताक्षर मात्रै गराई काममा लगाई तलब भने १३ हजार ५ सय रुपैया भनिएता पनि ९ हजार मात्रै दिने गरेको देवकोटाले जानकारी दिईन् ।
लामो समय सम्म उभिएर काम गर्दा कतिपय साथीहरु वेहोस हुने गरेको कम्पनीमा कार्यरत अर्की महिला कर्मचारी रत्ननगर–४ की छायां चौधरीले वताईन् । सो कम्पनीमा सवै महिलाहरुनै सुपरभाईजर पदमा कार्यरत छन् । महिलानै सुपर भाईजर छन् तर महिलाकै समस्या वुझ्दैनन् कर्मचारी चौधरीले भनिन् – तल्लो पदका लागि माथिल्लोले हेप्ने प्रवृत्ती देखियो । हाल सो कम्पनीमा सुपरभाईजरको रुपमा समिक्षा रिजाल, बिना गुरुङ, अनु चौधरी, मिरा घिमिरे, गंगा बुढाथोकी, आयुषा घिमिरे, शर्मिला न्यौपाने लगायत रहेका छन् ।
आफ्नो समस्या र मागका बारे कम्पनीका महा प्रबन्धक सुर्य प्रसाद न्यौपानेलाई जानकारी गराउदा उल्टै काम छोड्न भनेको कर्मचारीहरुले वताएका छन् । आन्दोलित कर्मचारीको समस्याबारे वुझ्न खोज्दा न्यौपानेसंग सम्र्पक हुन सकेन् ।