अविरल बर्षाको कारण भरतपुर विमानस्थल बन्द

अविरल बर्षाको कारण भरतपुर विमानस्थल बन्द

चितवन , असार २७

चितवनको भरतपुर विमानस्थल बन्द भएको छ । अविरल बर्षाले गर्दा भिजिविलिटी कम भएकोे जसको कारण विमानस्थल बन्द गरिएको भरतपुर नागरिक उड्डयन कार्यालयका प्रमुख पवन गौतमले जानकारी दिए । बिहान ११ बजेर १५ मिनेट पश्चात् विमानस्थल बन्द गरिएको गौतमले बताए । सामान्यतया भरतपुरबाट दैनिक ८ वटा उडान तथा अवतरण हुने गरेकोमा आज एउटा उडान र दुईवटा अवतरण भएको छ ।

पोखराबाट भरतपुर र भरतपुरबाट पोखराको लागि उडान तथा अवतरण भएको हो । त्यस्तै काठमाण्डौबाट भरतपुर आएको एउटा मात्रै विमान अवतरण भएको छ । काठमाण्डौबाट भरतपुर आएको यति एयरलान्यसको जहाज अवतरण भएको र त्यसपछि विमानस्थल बन्द हुदाँ उक्त जहाज भरतपुर विमानस्थलमै रोकिएको छ । अहिले विमानस्थल बन्द भएकाले कुनैपनि उडान तथा अवतरण हुन सकेको छैन । काठमाण्डौ जानको लागि विमानस्थल आएका यात्रुहरु विमानस्थल खुल्ने प्रतिक्षामा छन् ।