सौराहाको राप्ती किनारमा बाढीको त्रास , सामान सुरक्षित स्थानमा सारिदै

सौराहाको राप्ती किनारमा बाढीको त्रास , सामान सुरक्षित स्थानमा सारिदै

चितवन , असार २७
नेपालको तेस्रो पर्यटकिय क्षेत्र सौराहामा राप्ती नदीको त्रास छाएको छ । अविरल बर्षा भइरहेको र राप्ती नदीमा पानीको सतह बढ्दै गएपछि सौराहाका केहि व्यवसायीहरु चिन्तित् भएका छन् ।राप्ती नदी किनारमा व्यवसाय गर्दै आएका रेष्टुरेन्ट व्यवसायीहरुले बाढी आउने डरले आफ्ना सामानहरु सुरक्षित स्थानमा सार्न सुरु गरेको रत्ननगर नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष बलराम दहालले जानकारी दिए ।

२०७४ सालमा आएको ठुलो बाढीले राप्ती किनारको रेष्टुरेन्टहरुमा ठुलो क्षति पुर्याएको थियो । नदीमा पानीको सतह बढिरहेको र पानी परिरहेकोले बाढी आउने आशंकामा सामानहरु सुरक्षित स्थानमा सारेको रेष्टुरेन्ट व्यवसायी दिपक खतिवडाले बताए । अविरल बर्षासँगै विभिन्न खोला तथा नदीहरुमा बाढी आउने सम्भावना रहेकोले प्रहरीहरुलाई तयारी अवस्थामा राखिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक एकनारायण कोइरालाले बताए ।