युवा दिवसको अवसरमा खैरहनीमा प्रभातफेरी र रक्तदान

चितवन , २७ साउन

युवा दिवसको अवसरमा खैरहनी नगरपालिकाले सोमवार प्रभातफेरी निकाल्नुका साथै रक्तदान कार्यक्रम गरेको छ । खैरहनी नगरपालिका कार्यालयबाट सुरु भएको प्रभातफेरी,पुरानो पर्सा,नयाँ पर्सा,मगनीचोक हुदै पुन पुरानो पर्सा भई खैरहनी ६ र ७ को वडा कार्यालयमा पुगी कोण सभामा परिणत भएको थियो ।

प्रभातफेरीमा विभिन्न युवा क्लवका प्रतिनिधी,विभिन्न विद्यालयका विद्यार्थीहरु,नगरपालिकाका कर्मचारी,नेपाल प्रहरी लगायतको उपस्थिती रहेको थियो । कोण सभामा वोल्दै खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरीले सामाजिक तथा मानविय कार्यमा लाग्न युवाहरुलाई आग्रह गरे । विकास र परिवर्तनको सम्वाहकै युवाहरु रहेको उल्लेख गर्दै मेयर चौधरीले समाजलाई सही दिशामा लैजान समेत युवाहरुको भुमिका महत्वपूर्ण हुने वताए ।

नगरपालिकाका सामाजिक विकास समिति संयोजक समेत रहेका खैरहनी ७ का वडाध्यक्ष मनेजर महतोको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्मा,खैरहनी १२ का वडाध्यक्ष टिकाराम तिमल्सीना,स्थानीय शिक्षा अधिकारी महेन्द्र पौडेल लगायतले मन्तव्य राखेका थिए । कोण सभा पछि आयोजित रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गरेका थिए ।