विप्लवका छोरा प्रकाश सहित पक्राउ परेका १८ जना रिहा

विप्लवका छोरा प्रकाश सहित पक्राउ परेका १८ जना रिहा

चितवन , २६ भदौ

चितवन मेडिकल कलेजमा आन्दोलनको क्रममा पक्राउ परेका १८ जना रिहा भएका छन् । अस्पतालको सेवा प्रवाहमा अवरोध गरेको भन्दै प्रहरीले नेत्र विक्रम चन्द विप्लवका छोरा प्रकाश चन्द सहित अन्य १७ जना पक्राउ परेका थिए ।

सरकारले तोकेको शुल्क भन्दा बढी शुल्क विद्यार्थीहरुबाट लिएको भन्दै विद्यार्थीहरु आन्दोलित हुँदै आएका थिए । पक्राउ परेका सबैलाई बिहिवार बेलुका रिहा गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक शालिकराम शर्माले जानकारी दिए ।