चितवनमा डेंगु रोगको बिरामी बढ्दै , १ हजार ५ सय ८५ जना संक्रमित

चितवनमा डेंगु रोगको बिरामी बढ्दै , १ हजार ५ सय ८५ जना संक्रमित

चितवन , २६ भदौँ

चितवनमा डेंगु रोगको बिरामीको संख्या बढेको छ । चितवनमा डेंगु रोगबाट संक्रमित हुनेको संख्या १ हजार ५ सय ८५ पुगेको छ । साउन १ गतेयता चितवनमा परिक्षण गरिएका ५ हजार ३१ जना मध्य १ हजार ५ सय ८५ जनामा डेंगु देखिएको स्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरिक्षक रामकुमार के सीले जानकारी दिए ।

ति मध्य १ हजार ३ सय १६ जना चितवनकै र अन्य २ सय ६९ जना अन्य जिल्लाका रहेका छन् । चितवनमा सबैभन्दा धेरै संक्रमण भरतपुर महानगर क्षेत्रमा रहेको छ । भरतपुर महानगरपालिकामा मात्रै १ हजार १ सय ८४ जना डेंगुका बिरामी रहेको के सी ले बताए । भरतपुरको पनि बिशेष गरि वडा नम्बर १ , २ र ३ मा बढी संक्रमण देखिएको छ ।

त्यस्तै पूर्वीचितवनको रत्नननगरमा समेत डेंगुको बिरामी बढ्दै गएका छन् । रत्ननगर नगरपालिका क्षेत्रमा ६१ जनाका डेंगु देखिएको छ । खैरहनीमा १५ , कालिकामा २० , राप्तीमा ८ , माडी नगरपालिकामा १९ र ईच्छाकामना गाँउपालिकामा ९ जनामा डेंगु देखिएको हो ।