न्यायाधीशका सवारीचालक घुस रकम सहित पक्राउ
प्रकाशित मिति: बिहिबार, भाद्र २६, २०७६ | १७:३०:११
सिरहा, २६ भदौ
सिरहामा घुस रकम सहित एकजना पक्राउ परेका छन् । जिल्ला अदालत सिरहामा कार्यरत् एक न्यायाधीशका सवारीचालक घुस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सवारीचालक वृजमोहन यादवलाई एक लाख १० हजार रुपैयाँ घुससहित बिहीबार पक्राउ गरेको हो ।पक्राउ परेका यादव न्यायाधीश नरनारायण पौडेलका सवारीचालक हुन् ।
आयोगको कार्यालय बर्दिबासको टोलीले उनलाई सिरहा सदरमुकामस्थित खड्ग होटेलबाट पीडितसँग घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको अख्तियार बर्दिबासका प्रवक्ता हरिप्रसाद घिमिरेले जानकारी दिए ।अदालतमा विचाराधीन रहेको मुद्दा मिलाइदिने भन्दै यादवले पीडितसँग रकम माग गरेका थिए ।
प्रकाशित मिति : बिहिबार, भाद्र २६, २०७६ |
१७:३०:११
3301