चितवनको ओम अस्पतालमा लापरबाही , मृत भनेर देवघाट लगेको शिशु जिवितै ( भिडियो सहित )

चितवनको ओम अस्पतालमा लापरबाही , मृत भनेर देवघाट लगेको शिशु जिवितै ( भिडियो सहित )

चितवन , २६ असोज ।
चिततवको ओम अस्पतालमा चरम लापरवाही भएको घटना बाहिर आएको छ । अस्पतालमा चिकित्सकले मृत भनेर खाडलमा गाड्न देवघाट लगेको शिशु जिवितै भेटिएको छ । हेटौंडा घर भएकी एक महिलाले जन्म दिएको शिशुलाई चिकित्सकले मृत घोषणाँ गरेका थिए ।

गर्भवती भएको २२ हप्तामा नै पिडा भएपछि अस्पताल आएकी महिलालाई डा.विनोद पाठकको टोलीले सुत्केरी ब्यथा लाग्ने औषधी दिएका थिए । त्यसको केहिबेरमा शिशु जन्मेकोमा डां पाठकले उक्त शिशुको मृत्यु भएको घोषणाँ गरेका थिए ।  पिडित महिलाको आफन्तले शिशुलाई देवघाट लगेर खाल्डोमा गाड्न लाग्दा शिशु जिवितै रहेको देखेर पुन अस्तपालमै लगेका छन् । अस्पताल ल्याउँदा समेत चिकित्सकले उक्त शिशु नबाच्ने भन्दै खासै चाँसो नदिएको र र्वामरमा राखेको पिडितका आफन्तले बताए ।

९ सय ग्राम तौल रहेको शिशुलाई शिशु सघन उपचार कक्ष (एन आई सि यु ) मा राख्नुपर्ने तर चिकित्सकले आफन्तहरुलाई बच्चा नबाच्ने भनिरहेको छन् । शिशुलाई मृत घोषँणा गर्ने चिकित्सक विनोद पाठक भने बच्चाको आफन्तको सल्लाह बमोजिम नै सुत्केरी बेथा लाग्ने औषधी दिएको र बच्चा जन्मिएको बताए । उनले बच्चाको धड्ककन जाँच गर्दा केहि नरहेकोले बच्चालाई मृत घोषणाँ गरेको तर अहिले बच्चा जिवितै देख्दा आफु पनि आश्चर्यचकित भएको बताए । २२ हप्ताको ९ सय ग्राम मात्रै तौल रहेको बच्चा बाच्न कठिन रहेको र बाचेपनि कुनै न कुनै समस्या आउने डां. पाठकले दावी गरे ।

यता बाल रोग बिशेषज्ञ भने बच्चा बच्न सक्ने सम्भावना धेरै रहेको बताउछन् । स्त्री तथा प्रसुती रोग विशेषज्ञले महिलाको स्वास्थ्य हेर्ने हो बच्चाको जन्म भएपछि बाल रोग विशेषज्ञलाई देखाउन पर्ने भरतपुर अस्पतालका बाल रोग बिशेषज्ञ डा युवानिधि बस्यौलाले बताए । भरतपुर अस्पतालमा ७ सय ५० ग्राम तौल भएको बच्चा पनि उपचार भएको भन्दै उक्त शिशुको शिशु सघन उपचार कक्ष राखेर उपचार गर्नुपर्ने उनले बताए ।
( पिडितको परिवारको आग्रहमा नाम गोप्य राखिएको छ । पिडित पक्षसँग भएको कुराकानीको प्रमाण हामीसँग सुरक्षित छ । )