त्रिशुलीमा ट्रक खस्यो , एकजनाको मृत्यु

त्रिशुलीमा ट्रक खस्यो , एकजनाको मृत्यु

चितवन , असार २८

चितवनको मुग्लिङ नजिक त्रिशुली नदिमा ट्रक खस्दा एकजनाको मृत्यु भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत ईच्छाकामना गाउँपालिका ५ मुग्लिङ बजार नजिकै बिहान ३ बजे एउटा ट्रक त्रिशुलीमा खसेको हो ।

भैरहवाबाट काठमाडौं जाँदै गरेको ना ४ ख १७९६ नम्बर ट्रक त्रिशुली नदिमा खस्दा ट्रकको सहचालक
दाङ लालमटीया घर भएका बर्ष १८ अनिल रूचालको मृत्यु भएको हो।

डाडाबाट खसेको ठूलो ढुङ्गाले लागेर ट्रक त्रिशुलीमा खसेको प्रहरीले जनाएको छ । ट्रकका चालक ललितपुर निवासी बर्ष ४६ को माधव थापा मगरलाई प्रहरीले उद्धार गरि पुरानो मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।