ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

चितवन ,२८ असार

चितवनमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । पुर्वीचितवनको रत्ननगर नगरपालिका वडा नम्बर १६ मा ना ७ त ४११ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर चालकको मृत्यु भएको हो ।

शनिबार दिउँसो ट्याक्टर आफै अनियन्त्रित भएर पल्टिँदा ट्याक्टर चालक रत्ननगर १६ बस्ने बर्ष ४५ को नारायण भनिने झवराज न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । दुर्घटनामा गम्भीर घाइते भएका न्यौपानेको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।