चितवनमा तिनवटा बस पल्टियो , चार सवारीसाधन ठोक्कियो , ५४ जना घाइते

चितवनमा तिनवटा बस पल्टियो , चार सवारीसाधन ठोक्कियो , ५४ जना घाइते

चितवन ,२७ मंसिर।
चितवनमा तिनवटा बस पल्टिएको छ । चितवनमा गएराती (बिहिवार राती ) देखि शुक्रबार दिउसोसम्म तिनवटा यात्रुबाहक बस पल्टिएको छ । त्यस्तै एकैस्थानमा चारवटा सवारीसाधन एक आपसमा ठक्कर समेत खाएको छ । चितवनको विभिन्न स्थानमा १५ घण्टाको अवधिमा भएको छुट्टाछुट्टै दुर्घटना ५४ जना यात्रु घाइते भएका छन् ।

बिहीवार राती चितवनको रत्ननगरमा बाराबाट काठमाडौतर्फ जाँदै गरेको ना ७ ख ४७५५ नम्बरको यात्रुबाहक बस आफै अनियन्त्रित भएर पल्टिएको थियोे । दुर्घटनामा परि २२ जना यात्रु घाइते भएका थिए । सामान्य घाइते १८ जना स्थानीय अस्पतालमा उपचारपश्चात् गन्तव्य तर्फ गएको र अन्य ४ जनाको भरतपुर स्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै शुक्रबार बिहान चितवनको राप्ती नगरपालिका ६ हर्दी मा बिरगंजबाट नारायणगढतर्फ जाँदै गरेको बा ३ ख ८४९० बस अनियन्त्रित भएर पल्टिएको थियो । दुर्घटनामा परि १८ जना घाइते भए । घाइते भएकाहरुको भरतपुर स्थित पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

आजै चितवनको ईच्छाकामना गाउँपालिका वडा नम्बर ४ कुरीनटारमा काठमाण्डौ बाट बुटवल तर्फ जादै गरेको लु२ख १५७९ नम्बरको यात्रुबाहक बस आफै अनियन्त्रित भई पल्टंदा ८ जना यात्रु घाइते भएका छन् । घाइतेहरूको पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।
त्यस्तै कुरिनटारमा नै चारवटा सवारी साधन एक आपसमा ठक्कर खादा ६ जना घाइते भएका छन् । फिस्लिङबाट मुग्लिङ तर्फ आउदै गरेको ना१ज ८३२८ नम्बरको म्याजिक र विपरीत दिशाबाट जादै गरेको बा२१च ३०३९.को स्कारपियो र सोहिदिशाबाट आउदै गरेको बा६च ८३४५ नं.को स्कारपियो र ना१ज ८००५नंको म्याजिक एकआपसमा ठक्कर खाएको थियो । दुर्घटनामा परि ना १ ज ८३२८ नम्बरको म्याजिक चालक सहित म्याजिकमा सवार अन्य ५ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।