खैरहनीमा विपद जोखिम न्युनिकरण तर्जुमा गोष्ठी
मंसिर २७ गते । चितवनको खैरहनी नगरपालिकामा नगर विपद जोखिम न्युनिकरण निति तर्जुमा तथा क्षमता विकासका लागि कार्यशाला शुक्रवार सम्पन्न भएको छ । विपद पछि पर्ने पीडा न्युनिकरणका लागि खैरहनी नगरपालिकाले नगर भित्रका सरोकारवाला संघसंस्थाका प्रतिनिधीहरुको उपस्थितीमा कार्यक्रम गरेको हो । गोष्ठीमा खैरहनीका मेयर लालमणी चौधरीले विपद जोगाउन तथा क्षती न्युनिकरणका लागि निर्माण गर्न लागिएको नितिका लागि सुझाव संकलन गरिएको वताए । विपद पछिको पीडा दर्दनाक हुने उल्लेख गर्दै मेयर चौधरीले विपद न्युनिकरणमा सवैको हातेमालो आवश्यक पर्ने वताए । गेष्ठीमा खैरहनी नगरपालिका र आसपासका प्रमुख विपदको पहिचान,विपद जोखिम न्युनिकरण नीति तर्जुका विधी,विपद जोखिम न्युनिकरणका आयाम र नगरपालिकाको नीति तर्जुमाका बारे सहजकर्ता रामचन्द्र न्यौपानेले सहजीकरण गरेका थिए । कार्यक्रममा खैरहनीकी उपमेयर सुनिता थपलिया,प्रमुख प्रशासकीय अधिकृत पुरुषोत शर्मा,स्थानीय शिक्षा अधिकारी महेन्द्र पौड्याल, वडाध्यक्षहरु,कार्यपालिका सदस्यहरु,नगर भित्रका सामुदायिक वन,सुरक्षा निकाय,उद्योग वाणिज्य संघ,रेडक्रस सोसाईटीका प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।