जनमुखी सहकारीको भवन शिलान्यास
मंसिर २७ गते । पूर्वी चितवनको राप्ती नगरपालिका ६ स्थित जनमुखी वहुउदेश्यीय सहकारी संस्थाको निर्माण गर्न लागिएको भवनको शुक्रवार शिलान्यास गरिएको छ । साथै संस्थाको १९ औं वार्षिक साधारण सभा पनि शुक्रवारनै सम्पन्न भएको छ । प्रदेश ३ का भुमी व्यवस्था ,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले निर्माण गर्न लागिएको सहकारीको भवनको शिलान्यास गरे । चितवन क्षेत्र नम्वर १ क का प्रदेश साँसद समेत रहेका मन्त्री लामाको साँसद विकास कोष मार्फत सो सहकारीको भवन निर्माणका लागि ५० लाख रुपैया विनियोजन भएको छ । करिव ७० लाखको लागतमा भवन निर्माण हुने छ । वाँकी रकम सहकारीले लगानी गर्ने सहकारीका अध्यक्ष पूर्ण वहादुर थापाले वताए । भवन निर्माणपछि दुग्ध संकलन,बीउ वीजन ,मलखाद,ढुटो,चोकर,दाना विक्री सोही भवनबाट हुनेछ । साथै सोही भवनबाट सुपथ मुल्यको किराना पसल समेत संचालन गर्ने योजना वनाएको अध्यक्ष थापाले वताए । भवन शिलान्यास तथा साधारण सभामा जेष्ठ शेयर सदस्य,सर्वाधिक दुध विक्री गर्ने ५ जना किसान,विद्यार्थी लगायतलाई सम्मान तथा पुरस्कृत गरिएको सहकारीका व्यवस्थापक राजकुमार चौधरीले जानकारी दिए । संस्थाका अध्यक्ष थापाको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय दुग्ध उत्पादक सहकारी संघका सदस्य वालकृष्ण उप्रेती,राप्ती ६ का वडाध्यक्ष जल्लु महतो,जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव किशोर वगाले,राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार कडेंल,राप्ती नगरस्तरीय दुग्ध उत्पादक सहकारी संस्था समन्वय समिति संयोजक डिल्ली प्रसाद थपलिया लगायतले मन्तव्य राखेका थिए ।