खैरहनीमा रोकिएन चोरी , नन्दिनी दुग्ध उत्पादक सहकारीमा चोरी

खैरहनीमा रोकिएन चोरी , नन्दिनी दुग्ध उत्पादक सहकारीमा चोरी

चितवन , २७ भदौ पुर्वीचितवनको खैरहनीमा फेरि चोरी भएको छ । चितवनको खैरहनी नगरपालिका १० शान्तिवजारमा रहेको नन्दिनी दुग्ध उत्पादक सहकारी संस्थामा चोरी भएको छ ।केहिदिन अघि मात्रै खैरहनीको वडा नम्बर १ र २ मा दुईवटा घरमा दिउसै चोरी भएको थियो । विहीवारराती संस्थाको झ्यालको ग्रील झिकेर करिव साँढे २ लाख रुपैया चोरी भएको संस्थाका अध्यक्ष जनकराज थपलियाले जानकारी दिए । दुध विक्री गर्ने कोठाको ग्रील निकालेपछि भित्र रहेका ढोकाहरुको ताला फोडेर व्यवस्थापकको कोठामा रहेको पैसा चोरेको उनले वताए । थपलियाका अनुसार किसानलाई वितरण गर्न ल्याएको र दुध विक्रीबाट संकलन भएको पैसा चोरी भएको हो ।

चोरले संस्थामा रहेको सिसि क्यामेराको हाडडिक्समा पानी हालिदिएका थिए । शुक्रवार विहान दुध संकलनका लागि कर्मचारी संस्थामा पुगेपछि चोरी भएको थाहा भएको थियो । दुई वर्ष अघि पनि सो संस्थामा चोरी भएको थियो । चोरीको घटनाका बारे अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ ।