रत्ननगरका कम्प्युटर अपरेटरलाई तालिम,नगरवासीको भवना बुझेर काम गर्न निर्देशन

रत्ननगरका कम्प्युटर अपरेटरलाई तालिम,नगरवासीको भवना बुझेर काम गर्न निर्देशन

चितवन , २७ भदौ

रत्ननगर नगरपालिकामा आयोजना गरिएको राजश्व सफ्टवेयर सञ्चालन सम्बन्धी तालिम सकिएको छ । नयाँ नियुक्ति गरिएका सहायक कम्प्युटर अपरेटर र वडा सचिवहरुका लागि सो तालिम आयोजना गरिएको थियो ।

तालिममा सहभागीहरुलाई अनलाईन मार्फत राजश्व संकलन र अनलाईन घटना दर्ताको प्रक्रियाका बारेमा शैदान्तिक तथा व्यवहारिक ज्ञान दिलाउने राजश्व शाखा प्रमुख डिम्बेश्वरी पौडेलले जानकारी दिइन । तीन दिने सो तालिममा आन्तरिक राजश्व कार्यालय भरतपुरका कर अधिकृत आनन्द कुमार गुप्ता,साङ्ग्रिला सफ्टवेयरका नेत्रप्रसाद रिजाल र रत्ननगरका आइटी अफिसर रामु खड्काथोकीले सहजीकरण गरेका थिए ।

समापन कार्यक्रमका प्रमुख अतिथि मेयर नारायण वनले नगरवासीको भावना अनुसार काम गर्न निर्देशन दिएका छन । कर्मचारी सेवाग्रागी प्रति उत्तरदायि हुनुपर्ने भन्दै उनले सेवा लिन आउने जो केहीले पनि दुख पाउन नहुने बताए । मेयर वनले कम्प्युटर अपरेटरलाई निश्चल र पवित्र ढंगले काम गर्न आग्रह गरे । हामीले कसैको पैसा खान हुदैन उनले भने सेवा गर्ने हो पैसाको लोभ गर्न हुदैन । नगरपालिकाका कार्यबहाक प्रमुख प्रशासकीय अधिकृत बद्रिनारायण शर्माको अध्यक्षतामा समापन कार्यक्रम भएको थियो ।