रत्ननगर ९ मा डेंगु नियन्त्रण सम्बन्धी सचेतना

रत्ननगर ९ मा डेंगु नियन्त्रण सम्बन्धी सचेतना

चितवन , २७ भदौं
रत्ननगर २७ भदौं । रत्ननगर नगरपालिका वडा नं ९ मा शुक्रवार डेंगु नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम गरिएको छ । जिल्लामा डेंगु रोगले महामारीको रुप लिन थालेपछि वडाबासीलाई सचेत गराउन कार्यक्रम आयोजना गरिएको कार्यबहाक वडाध्यक्ष सरस्वती लामाले जानकारी दिइन ।

कार्यक्रममा रत्ननगर नगरापालिका स्वास्थ्य शाखा सहसंयोजक बुद्धि बहादुर विश्वर्माले डेंगु रोगबाट बच्ने उपाय,नियन्त्रणका लागि भएका प्रयासका बारेमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा टोल विकास संस्थाका पदाधिकारी तथा सदस्य,आमा समुहका पदाधिकारी तथा सदस्य,स्वयसेविका,शिक्षक तथा विभिन्न संघसंस्था र राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा स्वास्थ्य शाखाका प्रमुख इन्द्रलाल न्यौपानेले डेंगु नियन्त्रणका लागि प्रत्येक वडामा घरदैलो तथा लामखुट्टेको लार्भा नष्ट गर्ने काम भइरहेको बताए । उनले डेंगु नियन्त्रणको लागि रत्ननगरमा म,म अभियान सुरु गरिएको बताए । कार्यक्रममा वडा सदस्य कमानसिं चौधरी र मनबहादुर थापामगर लगायतको उपस्थिति रहेको थियो । डेंगु नियन्त्रणका लागि रत्ननगर नगरपालिकाको स्वास्थ्यकर्मी र स्वयमसेविकाहरुको टोली खटिएको छ ।