रत्ननगरमा दोश्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

रत्ननगरमा दोश्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

चितवन २७ भदौ

चितवनको रत्ननगरमा दोश्रो राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । पुर्बी चितवन स्पोट्र्स क्लबले आगामी असोज ११ देखी १३ गतेसम्म दोश्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता गर्न लागेको आज आयोजित पत्रकार सम्मेलनमा जानकरी दिइएको हो ।

रत्ननगर ३ स्थित प्रस्तावित कर्बडहल निर्माणस्थलमा आयोजनामा हुने प्रतियोगितामा करिब ५० वटा जिल्लाका खेलाडीहरुको सहभागिता रहने कार्यक्रम संयोजक बिकास डल्लाकोटीले जानकारी दिए । प्रतियोगितामा भेट्रान र खुल्ला तर्फ प्रतियोगिता हुनेछ ।

प्रतियोगितामा खुल्ला तर्फ प्रथम हुनेलाई ६१ हजार र दोश्रो हुनेलाई ३१ हजार तथा भेट्रान तर्फ प्रथम हुनेलाई २५ हजार र दोश्रो हुनेलाई १५ हजार पुरस्कार,शिल्ड तथा मेडल प्रदान गरिने प्रतियोगिताका अर्का संयोजक पुरु खनालले जानकारी दिए । प्रतियोगितामा भएको बचत मध्येबाट २० प्रतिशत रकम अनाथ वालवालिकाको शिक्षाका लागि सहयोग गर्ने योजना रहेको आयोजकले जिनाएको छ । प्रतियोगित गर्न करिब ५ लाख रुपैयाँ खर्च हुने क्लवका अध्यक्ष केवल न्यौपानेले बताए ।