हाजिरीजवाफ प्रतियोगितामा इन्टरनेशनल मोडल स्कुल प्रथम

हाजिरीजवाफ प्रतियोगितामा इन्टरनेशनल मोडल स्कुल प्रथम

चितवन , २७ भदौ

पूर्वीचितवनको खैरहनीमा भएको हाजिरीजवाफ प्रतियोगितामा इन्टरनेशनल मोडल स्कुल प्रथम भएको छ । ग्लो साईन ऐकेडेमी सेकेन्डरी स्कुलले आयोजना गरेको पहिलो खैरहनी नगरस्तरीय आधारभूत तह अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता २०७६ मा ईन्टरनेशनल मोडल स्कुल प्रथम भएको हो ।

त्यस्तै खैरहनी माध्यमिक विद्यालय द्धितिय र नेपाल आदर्श स्कुल तृतीय हुन सफल भएको छ । प्रतियोगिताका विजयी स्कुल तथा विद्यार्थीहरूलाई आईतबार बाल दिवसको अवसर पारेर नगरपालिका कै परिसरमा शिल्ड, मेडल तथा प्रमाणपत्रको वितरण गरिने खैरहनी नगरपालिकाका नगर शिक्षा अधिकारी महेन्द्र पौडेलले जानकारी दिए । प्रतियोगितामा खैरहनी नगरपालिकाका २० वटा विद्यालयको सहभागिता रहेको थियो ।