वकुलहरको पुजा सहकारीमा चोरी

वकुलहरको पुजा सहकारीमा चोरी

कार्तिक २८ गते । पूर्वी चितवनको रत्ननगर १ वकुलहर स्थित पुजा वचत तथा ऋण सहकारी संस्थासहित सुर्या भेटेरेनरीमा चोरी भएको छ । बुधवाराती चोरको एक समुहले सहकारी र भेटेरेनरीमा चोरी गर्नुका साथै फ्रिक्वेन्सी कन्सल्टेन्सीको ढोका फुटाएको छ । पुजा सहकारीबाट नगद १ लाख र सुर्या भेटेरेनरीबाट ३ हजार रुपैया चोरी भएको इलाका प्रहरी कार्यालय टाँडी रत्ननगरका प्रमुख प्रहरी नायव उपरिक्षक भावेष रिमालले जानकारी दिए । चोरले सहकारी रहेको तल्लो तल्लाको सटर फुटाएर भेटेरेनरी र सहकारीमा चोरी गरेको उनले वताए । चोरीका विषयमा सम्वन्धीत संस्था तथा फर्मले प्रहरीमा निवेदन दिएका छन् । सो घटनाका विषयमा अनुसन्धान भईरहेको प्रहरी नायव उपरिक्षक रिमालले वताए ।