
धरान , २९ असार
भानु जयन्तीको अवसर पारेर देवऋषि आचार्य समाजले धरानमा लैंगिक समानता एवं समाजिक समावेशीकरण विषयक अभिमुखीकरण कार्यक्रम गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी प्रदेश सभा सदस्य भिम आचार्यले लैंगिक समानताको महत्व धेरै बढेको भन्दै कोही कसैलाई लैंगिकताको शिकार बनाएमा समाज बिभाजित हुने बताए ।
मुलुकको राजनीति लगायतका सबै खाले संरचनाहरु समावेशि हुनु पर्ने र राज्यका हरेक निकायमा सबैको समान पँहुच भएमा मात्र लोकतन्त्रको भावनाको सही कदर हुने कुरामा आफू विश्वस्त रहेको आचार्यले बताए ।सोहि अवसरमा यस वर्षको एसईई परिक्षामा उच्चतम अंक ल्याउने धरानका १८ जना विद्यार्थीहरुलाई प्रशंसापत्र सहित सम्मान गरीएको थियो । कार्यक्रममा बोल्दै समाजका सचिव विकास आचार्यले धरानको सामाजिक कृयाकलापमा गर्दै धरानवासीको हितमा काम गर्ने बताए ।
समाजको तदर्थ समितिका संयोजक राजेश आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा गिरिराज आचार्य , अम्बिका घिमिरे आचार्य , लोकेन्द्र आचार्य , वडा नम्बर ९ का वडाध्यक्ष रत्न बहादुर कटुवाल लगायतले आफ्नो मन्तव्य राखेका थिए । विकास आचार्य र सुख शान्ता राईले सहजीकरण गरेको कार्यक्रममा ५० जनाको सहभागिता रहेको थियो ।