नवलपुरमा सेना चढेको बस दुर्घटना ,१७ जना घाइते
प्रकाशित मिति: शनिबार, मंसिर २८, २०७६ | १०:३३:०४
नवलपुर , २८ मंसिर।
नवलपुरको कावासोतीमा नेपाली सेना चढेको बस दुर्घटना भएको छ। पुर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको कावासोतीमा आज बिहान सेना चढेको बस दुर्घटना हुदा १७ जना घाइते भएका छन् ।
सुर्खेतबाट काठमाडौतर्फ जादै गरेको ना ६ ख ४०४ नम्बरको बस अनियन्त्रित भएर पल्टेको थियोे । बसमा सवार ४० जनामध्य १७ जना घाइते भएको र २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : शनिबार, मंसिर २८, २०७६ |
१०:३३:०४
2641