पूर्वी चितवनमा डेरी प्लान्ट वन्छ – कृषि मन्त्री लामा

पूर्वी चितवनमा डेरी प्लान्ट वन्छ – कृषि मन्त्री लामा

मंसिर २८ गते । प्रदेश नम्वर ३ का भुमी व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले तीन वटा जिल्लालाई समेट्ने गरि डेरी प्लान्ट निर्माण गर्न लागेको वताएका छन् । खैरहनी नगरपालिका १२ कपिया स्थित महालक्ष्मी दुग्ध उत्पादक सहकारी संस्थाको शनिवार आयोजित २६ औं वार्षिक साधारण सभालाई सम्वोधन गर्दै कृषि मन्त्री लामाले चितवन,नवलपुर र मकवानपुर जिल्लालाई लक्षित गर्दै डेरी प्लान्ट निर्माण गर्न लागेका वताएका हुन् । प्लान्टका लागि विस्तृत परियोजना प्रतिवेदन ( डिपिआर ) निर्माणको काम भईरहेको मन्त्री लामाले वताए । पूर्वी चितवनमा रहने सो प्लान्ट निर्माणका लागि यहाँ चार वटा स्थानीय तहलाई जग्गा खोज्न आग्रह गरिएको उनको भनाई थियो । साधारण सभाको उद्घाटन कार्यक्रममा सहकारीमा अत्याधिक दुध विक्री गर्ने ३० जना कृषकहरुलाई पुरस्कृत गरिएको थियो भने सहकारीका संस्थापक अध्यक्ष रामहरी कडेंललाई संस्थागत विकासमा पुर्याएको योगदानको मुल्यांकन गर्दै सम्मान गरिएको सहकारीका सल्लाहाकार कल्याण लटौलाले जानकारी दिए ।

सहकारीमा गत आर्थिक वर्षमा संस्थाका उपाध्यक्ष समेत रहेका कृषक गणेश वहादुर थापाले सर्वाधिक २६ हजार ८६ लिटर दुध विक्री गरेका थिए । सो अवसरमा संस्थाका अध्यक्ष इन्द्र प्रसाद जोशीले वार्षिक प्रगति प्रतिवेदन,लेखा संयोजक वैजनाथ चौधरीले आर्थिक प्रतिवेदन र व्यवस्थापक तारा थापाले भावी वजेट तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सहकारीका अध्यक्ष जोशीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला दुग्ध सहकारी संघका सदस्य कृष्णलाल चौधरी,खैरहनी ११ का वडाध्यक्ष हाकिमसिंह उप्रेती,साना किसान कृषि सहकारी संस्था कुमरोजका अध्यक्ष तेज प्रसाद वर्तौला लगायतले मन्तव्य राखेका थिए ।